अपराध

    महोत्तरीमा लुटपाट गर्न आएका समूहद्वारा एक जनाको हत्या

    नवलपुर टुडे १
    २०८१ पुस ६ | बिहान १०:०९ बजे

      जनकपुरधाम । महोत्तरीको मनरा सिसवा नगरपालिकामा डाँका समूहले एक जनाको हत्या गरेको छ । आज बिहान करिब ३/४ बजेको समयमा आएको डाँकाको समूहले मनरा सिसवा ४ साँढाका ७० वर्षीय सुशिल झाको घरमा लुटपाट गर्दै उनको हत्या गरेको महोत्तरी प्रहरीले जनाएका छन् ।

      महोत्तरीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक सन्तुलाल प्रसाद जैसवारले डाँकाको ३/४ जनाको समूहले झाको घरबाट औँठी, मंगलसुत्रलगायतका सामान लुटेरसमेत लगेको बताए ।

      डाँकाहरूले लुटपाट गर्दा प्रतिरोध गर्दा कुटपिटबाट झाको मृत्यु भएको उनले बताए । उनले अहिले आफू घटनास्थलमै रहेको र यस सम्बन्धमा थप विवरण आउन बाँकी रहेको बताए ।

        कमेन्टहरु