अपराध

    चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या

    नवलपुर टुडे
    २०८१ पुस ४ | बिहान ०५:०९ बजे

      काठमाडौँ। काठमाडौँको चन्द्रागिरी नगरपालिका–१० मा १७ वर्षीया किशोरीको हत्या भएको छ । धादिङको गजुरी गाउँपालिका–४ घर भएर सतुंगल बस्ने सरिता तामाङ बुधवार डेरामा मृत भेटिएकी थिइन् । 

      चन्द्रागिरी नगरपालिका–१० सतुंगलस्थित खरिबोटमा बस्ने तामाङ हराएको भनेर उनको दाजुले प्रहरीमा निवेदन दिएका थिए । तर, खोजतलास गर्दा बुधवार लोबेड मुनि उनको शव फेला परेको उपत्यका प्रहरी कार्यालयका एकजना अधिकृतले बताए । उनको हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ ।  

      घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

       

        कमेन्टहरु