घटना, बिश्व

    मलावीमा चक्रवातका कारण मृत्यु हुनेको संख्या १३ पुग्यो

    दिप्शन गुरुङ
    २०८१ पुस ३ | मध्यान्ह ०८:०९ बजे

      लिलोङ्वे । मलावीमा आएको शक्तिशाली चक्रवातका कारण मृत्यु हुनेको संख्या १३ पुगेको छ । आइतबारदेखि मंगलबारसम्म देशमा परेको भारी वर्षाका कारण ४५ हजारभन्दा बढी मानिस प्रभावित भएको स्थानीय अधिकारीहरूले बताएका छन् ।

      विपद् व्यवस्थापन मामिला विभाग (डीओडीएमए) को आयुक्त चार्ल्स कालेम्बाले मंगलबार आँधीका कारण २९ जना घाइते भएको बताए ।

      कालेम्बाले कुल प्रभावित घरपरिवारको संख्या १० हजार १५९ पुगेका र करिब ४५ हजार १६२ जना प्रभावित भएका बताए । यसमध्ये २२७ जना विस्थापित भएका छन् ।

      डीओडीएमए विभिन्न मानवीय साझेदारहरूसँगको सहकार्यमा प्रभावित समुदायहरूलाई राहत सहायता प्रदान गर्दैछ ।

        कमेन्टहरु