देश

    काठमाडौमा हतियार बेच्न हिडेका एक जना पक्राउ

    जगत ठाडा मगर
    २०७८ असार २७ | मध्यान्ह ०७:०३ बजे

      काठमाडौं । प्रहरीले काठमाडौंको कात्यानीबाट पेस्तोलसहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषाको विधानगर घर भई काठमाडौं बसुन्धारा

      बस्दै आएका ३१ वर्षीय जयप्रकाश महतो रहेका छन ।

      काठमाडौको नयाँ बानेश्वर इलाकामा हतियार बेच्न हिँडेको भन्ने सूचनाका आधारमा प्रहरी टोली खटिएको र महतोलाई पक्राउ गरेको हो ।

      महतोले प्लास्टिकको झोलाभित्र रुमालले बेरेर मेड इन युएसए लेखेको म्याग्जिनसहितको पेस्तोल बोकेर हिँडेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

      उनीविरुद्ध जिल्ला अदालत काठमाडौंबाट सात दिनको म्याद लिएर अनुसन्धान सुरु गरिएको छ ।

        कमेन्टहरु