बिश्व, समाचार

    लिबियाको तटबाट ४९९ आप्रवासीको उद्धार

    दिप्शन गुरुङ
    २०८१ पुस २ | मध्यान्ह ०४:०९ बजे

      त्रिपोली, पुस २ गते । गत हप्ता लिबियाको तटबाट ३४ महिला र छ बालबालिकासहित ४९९ आप्रवासीलाई उद्धार गरिएको अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन (आईओएम) ले सोमबार जनाएको छ ।

      आईओएमले ८ देखि १४ डिसेम्बरसम्म ४९९ आप्रवासीलाई उद्धार गरी लिबिया फर्काइएको र २९ आप्रवासी बेपत्ता भएको जानकारी दिएको छ ।

      यो वर्ष हालसम्म २१ हजार ३४३ आप्रवासीलाई उद्धार गरी लिबिया फर्काइएको छ, जुन गत वर्षको तुलनामा चार हजार बढी हो । आईओएमले यस वर्ष लिबिया र अन्य देशबाट आएकाहरूसहित मध्य भूमध्यसागर मार्गमा ६३५ जनाको मृत्यु र ९८२ हराएका आप्रवासीहरू रेकर्ड गरेको छ ।

      सन् २०११ देखि धेरै आप्रवासीहरूले लिबियाबाट भूमध्यसागर पार गर्न युरोपेली किनारहरू छनाेट गरेका छन् ।

        कमेन्टहरु