देश

    पश्चिम नवलपरासीको नव आगन्तुक प्रमुख जिल्ला अधिकारी र एस पि लाई स्वागत

    नवलपुर टुडे
    २०७८ असार २७ | मध्यान्ह ०५:०३ बजे

      नवलपरासी/ असार २७ । पश्चिम नवलपरासीकमा हालै सरुवा भई आउनु भएका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रा र प्रहरी प्रमुख मनाेज कुमार यादवलाई उद्योग वाणिज्य संघ पश्चिम नवलपरासीले स्वागत तथा परिच्यात्मक कार्यक्रम सम्पन्न गरेकाे छ ।

      photo 2021 07 11 17 54 29

      उधाेग वाणिज्य संघ पश्चिम नवलपरासीका अध्यक्ष केशव प्रसाद भण्डारीको अध्यक्षता तथा नेपाल उधाेग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका निबर्तमान अध्यक्ष गुणनीधि तिवारीको विशिष्ट आतिथ्यमा स्वागत तथा परिच्यात्मक कार्यक्रम भएकाे हाे ।

      कार्यक्रममा उधाेग वाणिज्य संघ पश्चिम नवलपरासीका उपाध्यक्ष नगेन्द्र अग्रहरी , नेपाल पत्रकार महासंघ पश्चिम नवलपरासी का अध्यक्ष हरि शर्मा , नव आगन्तुक द्धय प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्र, प्रहरी प्रमुख मनोज कुमार यादव र संघका पदाधिकारी कार्य समिति लगायत उद्योगी व्यावसायीहरुकाे उपस्थिति रहेकाे थियाे ।

      photo 2021 07 11 17 54 26

        कमेन्टहरु