देश

    भोलिदेखि राजविराज विमानस्थलबाट रात्रिकालीन उडान

    नवलपुर टुडे
    २०८१ मंसिर ३० | मध्यान्ह १२:०८ बजे

      राजविराज । कम भिजिबिलिटी भएको अवस्थामा पनि उडान गर्न मिल्ने प्रविधि जडान गरिएपछि राजविराज विमानस्थलमा रात्रिकालीन उडान हुने भएको छ ।

      नेपाल नागरिक उड्डयन प्राधिकरणले राजविराज विमानस्थलमा इन्स्ट्रुमेन्ट फ्लाइट ल्यान्डिङ प्रणाली जडान गरेपछि रात्रिकालीन उडान हुने भएको हो ।प्राधिकरणका अनुसार, पुस १ देखि विमानस्थलमा रात्रिकालीन उडान हुनेछ ।

      बुद्ध एयरले शुक्रबार प्राधिकरण र विमानका प्राविधिकहरूसहितको उडान गरेको थियो । उक्त उडान सफल भएपछि राजविराज विमानस्थलमा दुई हजार भिजिबिलिटीमा पनि उडान र अवतरण गर्न सकिनेछ ।

      यसअघि, उक्त विमानस्थलमा पाँच हजार मिटरको भिजिबिलिटी हुँदा मात्रै उडान गर्न सकिन्थ्यो ।

       

        कमेन्टहरु