प्रबास

    सिराहा सेवा समाज कतारको नवौ अधिवेशन सम्पन्न, नयाँ नेतृत्वमा जयप्रकाश यादव

    रामएकवाल राम
    २०८१ मंसिर २९ | मध्यान्ह ०५:०८ बजे

      दोहा । सिराहा सेवा समाज कतारको नवौ अधिवेशन मार्फत जय प्रकाश यादवको नेतृत्वमा नयाँ कार्यसमिति चयन गर्दै सम्पन्न भएको छ । शुक्रबार सनैया स्थित फुलबारी रेस्टुरेन्टको सभाहलमा दुई चरणमा सम्पन्न अधिवेशनको बन्द सत्रबाट जयप्रकाश यादवको अध्यक्षतामा ४० जनाको सदस्यीय सहित नयाँ कार्य समिति सर्वसम्मतिमा चयन भएको हो।

      photo 2024 12 14 17 05 29

      समाजको आगामी कार्यकालका लागि सर्वसम्मत निर्वाचित कार्यसमितिको प्रथम उपाध्यक्षमा अब्दुल कादिर, द्वितीय उपाध्यक्षमा शिवनाथ यादव, तृतीय उपाध्यक्षमा बिनोद कुमात सिंह महासचिवमा मनोज चौधरी सचिवमा कपिलदेव यादव, बालेश्वर यादव,कोषाध्यक्ष बिशेश्वर चौधरी , सह कोषाध्यक्षमा रमानन्द राम, , युवा संयोजकमा बलराम यादव, युवा सह संयोजक ध्यानी कामती मिडिया कोर्डिनेटर रामएकवाल राम, सह मिडिया कोर्डिनेटर शियाराम यादव,चयन भएका छन।

      त्यसैगरी सदस्यहरूमा दिपेन्द्र प्रसाद यादव, सफिरुल राईन, बिरेन्द्र कुमार साह, शिव कुमार यादव, नाईम साफी, रामचलितर यादव , ज्ञानेन्द्र मण्डल , दुर्गेश यादव, बिरेन्द्र यादव, शिवकुमार यादव, बिरेन्द्र सिंह , असरफ अली, अर्जुन यादव रहेका छन। त्यसैगरी संस्थाको सल्लाहकार संयोजकमा याकुब मिया, सल्लाहकारहरुमा, शिवकुमार महतो, रामजुलुम साह, उदय मण्डल , पवन ठाकुर, जाकिर राईन, रामकुमार यादव, रामकल्याण महतो, रामकुमार यादव, रामसुबन यादव , प्रमोद ठाकुर, सुमनारायण चौधरी , अरुन यादव, सन्तोष विश्वकर्मा रहेका छन।

      photo 2024 12 14 17 07 15

      विधिवत रुपमा सुरुवात गरेको कार्यक्रममा विविध सांगीतिक प्रस्तुति सहित सम्पन्न अधिवेशनको खुल्ला सत्रमा जिल्ला समन्वय समिती सिराहा सभापति दिनेश कुमार महतोको प्रमुख आतिथ्यतामा सप्पन्न भएको अधिवेशनमा संस्थाको अध्यक्ष प्रेम मण्डलको सभापतित्व रहेको थियो।

      संस्थाको तर्फबाट प्रतिनिधि गर्दै जयप्रकाश यादवले स्वागत मन्तव्य राखेको थिए। कार्यक्रमममा कतारमा स्थापित विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधि सहित विभिन्न व्यक्तित्वहरूको उपस्थिति सहित शुभकामना मन्तव्य रहेको थियो ।कार्यक्रममा समाजलाई विभिन्न कालखण्डमा सहयोग गर्ने समाजका विशिष्ट व्यक्ति ,सिरहाली, सहयोगी, पत्रकार, कलाकारलाई कदर पत्रले सम्मान गरिएको थियो।

      photo 2024 12 14 17 07 19

      कार्यक्रममा प्रमुख अतिथी महतोलाई प्रसंशा पत्र सहित दोसल्ला ओढाएर समान गरिएको थियो।सम्मान पश्चात् आफ्नो मन्तव्य राख्दै प्रमुख अतिथिले अब आउने नयाँ कार्यसमितिके कतार र गृह जिल्ला सिराहा सङ्ग जोडिएर थप राम्रा काम गर्ने विश्वास व्यक्त गर्दै आउने नयाँ कार्यसमितिलाई शुभकामना समेत व्यक्त गर्नु भएको थियो।

      पत्रकार रामएकवाल रामले सहजीकरण गरेको कार्यक्रममा खुल्ला शत्रको कार्यक्रमलाई समापन गर्दै सभापति प्रेम मण्डलले आफ्नो कार्यकाललाई सफल बनाउन विभिन्न तह तप्काबाट सहयोग गर्नुहुने सम्पूर्णलाई धन्यवाद व्यक्त गर्दै नयाँ कार्यसमितिलाई सफल कार्यक्रमको शुभकामना पनि व्यक्त गरेको थियो।

      photo 2024 12 14 17 09 34

        कमेन्टहरु