शिक्षा, समाचार

    त्रिभुवन क्याम्पस बेलाटारीद्वारा स्नातक तहको चौथो बर्षका उतिर्ण विद्यार्थीहरुलाई सम्मान

    दिप्शन गुरुङ
    २०८१ मंसिर २९ | बिहान ०८:०८ बजे

      खुरसेद हजाम

      प्रतापपुर । जिल्लाको प्रतापपुर गाउँपालिका-९ स्थित नेपाल भारत मैत्री भवन बेलाटारी क्याम्पसको सभाहलमा त्रिभुवन क्याम्पसमा एक कार्यक्रमको आयाेजना गरी स्नातक तह चौथो बर्षका उतिर्ण विद्यार्थीहरुलाई सम्मान गरेकाे छ ।

      त्रिभुवन क्याम्पस बेलाटारीले आयोजना गरेको स्नातक तह चौथो वर्षमा उत्रिर्ण विद्यार्थीहरुको सम्मान कार्यक्रमा उतिर्ण गरेका ३७ जना विद्यार्थीहरूलाई मायाकाे चिनाे प्रदान गरी समाजिक विकास मन्त्री जनमजय तिमिल्सिनाले र वन तथा वातावरण मन्त्री देवकरन प्रसाद कलवारले सम्मान गरेकाे हो।

      संघ प्रदेश र स्थानीय तहका सराेकारवाला हामी सबै मिलेर लुम्बिनी प्रदेसकाे शिक्षा प्रणालीलाई अगाडी बढाउन सकिने समाजिक तथा शिक्षा मन्त्री जनमजय तिमिल्सिनाले बताउनु भयाे।photo 2024 12 14 08 47 58

      छाेरा, छाेरीले ईन्जिनियर बन्न खाेज्छन अभिभावक र शिक्षकले डाक्टर पढाउन खाेज्छन त्यसकारण कति विद्यार्थीहरू पढाईमा असफल भएका छन । त्यसले गर्दा अभिभावक तथा शिक्षक विद्यार्थीहरूकाे रुचि,खुबि र क्षमता अनुसार शिक्षा दिने आवश्यक छ मधेसमा विवाहित भाई बहिनीहरूले पनि यस त्रिभुवन क्याम्पसमा अध्यन गरिरहनु भएकाे देखेर हर्सित भएकाे छु समाजिक विकास मन्त्री तिमिल्सिनाले बताउनु भयाे।photo 2024 12 14 08 49 07

      photo 2024 12 14 08 48 47

      यस त्रिभुवन क्याम्पसमा उच्च शिक्षामा उतिर्ण भएका विद्यार्थी भाई बहिनीहरूलाई हार्दिक बधाई ज्ञापन गर्दै लुम्बिनी प्रदेश वन तथा वातावरण मन्त्री देवकरण प्रसाद कलवारले यस क्षेत्रका प्रत्येक विद्यार्थीले उच्च शिक्षा प्रदान आवश्यक रहेकाे बताउनु भयाे । कार्यक्रम संचालन रामप्रसाद भट्टराईले गर्नु भएकाे थियाे ।

        कमेन्टहरु