दुर्घटना

    नवलपुरमा साइकल दुर्घटनामा परी एक बृद्धको मृत्यु

    नवलपुर टुडे
    २०८१ मंसिर २७ | बिहान १०:०८ बजे

      कावासोती । नवलपुरमा साइकल दुर्घटनामा परी घाईते भएका बृद्धको उपचारको क्रममा मृत्यु भएको छ ।

      बुधबार अन्दाजी १२:५५ बजे गैडाकोट नगरपालिका- ७ गैडाचोकस्थित भित्री सडक खण्डमा साइकल चालकले नियन्त्रण गुमाई दुर्घटना हुदा घाईते भएका गैडाकोट नगरपालिका- ७ गैरी समराटोल बस्ने बर्ष अन्दाजी ६५ को सोम बहादुर दराईको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

      बृद्धको भरतपुर सरकारी अस्पतालमा उपचारको क्रममा आज राति मृत्यु भएको हो । उनको शव अस्पताल राखिएको छ । घटनास्थलमा प्रहरी टोली खटिगई थप अनुसन्धान भईरहेको प्रहरीले बताए ।

        कमेन्टहरु