अपराध

    झापामा एक वृद्धाको हत्या

    नवलपुर टुडे
    २०८१ मंसिर २३ | बिहान ०६:०८ बजे

      झापा । झापा गाउँपालिका वडा नं ६ मा एक वृद्धको हत्या भएको छ ।

      हत्या गरेर गाईवस्तुले घाँस खाने डुँडमा परालले छोपेर राखेको अबस्थामा झापा गाउँपालिका वडा नं ६ की ८१ वर्षीया फूलमणि सोरेनको शव शनिवार साँझ फेला परेको हो ।

      घरका अरु सबै सदस्य मकै रोप्न गएका बेला फूलमणिको हत्या भएको हो । काम सकेर घर फर्किदा वृद्धा फूलमणिलाई नदेखेपछि खोजी गर्नेक्रममा डुँडमा परालले छोपेर राखेको अबस्थामा उनको शव फेला परेको थियो ।

      मृतकका ज्वाइँले डुँडको पराल हटाउन खोज्दा बृद्धाको शव देखेको झापा गाउँपालिका वडा नं ६ का वडाध्यक्ष नवीनकिशोर थापाले बताए ।

      मुढामा बसेर तोरीको साग केलाउँदै गर्दा ती वृद्धालाई फरुवाले हानेर हत्या गरेको हुनसक्ने आशंका गरिएको छ । फरुवा घटनास्थलमा फेला परेको छ ।

      प्रहरीले घटनास्थल सिल गरी अनुसन्धान गरिरहेको वडाध्यक्ष थापाले जानकारी दिए । घटनामा संलग्न भएको आशंकामा दुईजनालाई नियन्त्रणमा लिइएको जनाइएको छ ।

        कमेन्टहरु