दुर्घटना

    कपिलवस्तुमा सवारी दुर्घटना दुई जनाको मृत्यु, १२ घाइते

    नवलपुर टुडे
    २०८१ मंसिर २२ | मध्यान्ह ०२:०८ बजे

      कपिलवस्तु। तौलिहवा सडकखण्डमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। कपिलवस्तुको शुद्धोधन गाउँपालिका–३ गुलारीमा शनिबार बिहान ८ बजेतिर तीनवटा सवारीसाधन एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको हो। दुर्घटनामा १२ जना घाइते भएका छन्।

      भैरहवाबाट तौलिहवा जाँदै गरेको लु २ ख २३१ नम्बरको बस, तौलिहवाबाट भैरहवा जाँदै गरेको बा १४ च ७४४८ नम्बरको कार र तौलिहवाबाट भैरहवा जाँदै गरेको लु ३८ प ९१९९ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो।

      मृतक कारमा सवार दुई जना रहेको प्रहरीले जनाएको छ। कार चालक बाणगंगा नगरपालिका हरिहरपुरका ४५ वर्षीय इन्द्रबहादुर सार्की र प्युठान पकाला ७ का ४३ वर्षीय निमबहादुर सारुको मृत्यु भएको हो।

      घाइतेहरुको सिटी अस्पताल तथा मेडिकल कलेज भैरहवा र केहीको लावनीमा उपचार भइरहेको छ। बाक्लो हुस्सुका कारण दुर्घटना भएको हुन सक्ने प्रहरीले जानकारी दिएको छ।

        कमेन्टहरु