देश

    राइनो युबा क्लब पर्साको बिन्दबासिनीमा गठन

    जगत ठाडा मगर
    २०७८ असार २६ | मध्यान्ह ०६:०३ बजे

      बारा । पर्साको बिन्दवासिनी गाउँपालिकामा एक कार्यक्रमका बिच समिती गठन गरिएको छ । शनिबार गरिएको कार्यक्रममा साहिल गद्दीको अध्यक्षतामा राइनो युवा क्लबको समिति गठन गरिएको छ ।

      photo 2021 07 10 18 14 38

      यससमितिमा ५० जना भन्दा बढ़ी युवाको सहभागिता रहेको थियो । कार्यक्रममा अनुशासन, बिकाश, गतिशीलतालाई मध्ये नज़र राखदै गाउँमा सरसफ़ाई, जनचेतना मूलूक कार्यक्रम, रक्तदान, लागूऔषध नियंत्रण, दाईजो प्रथा रोकथाम, शिक्षा बिकाश तथा अन्य बिभिन्न किसिमका समाज कल्याण कार्यक्रमहरू गरिने निर्णय गरिएको छ ।

      कार्यक्रममा राइनो युवा क्लबको तर्फबाट श्याम गुप्ता, अजय कुमार महतो, सौरभ पटेल, राजा गुप्ता र नरेश ठाकुर लगायतका उपस्थिति रहेका थिए ।

        कमेन्टहरु