बिश्व

    क्यालिफोर्नियामा ७ म्याग्निच्युडको भूकम्प

    नवलपुर टुडे
    २०८१ मंसिर २१ | बिहान ०७:०८ बजे
      काठमाडौं । अमेरिकाको क्यालिफोर्नियामा ७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । अमेरिकी भौगर्भिक सर्वेका अनुसार भूकम्पको केन्द्र उत्तरी क्यालिफोर्नियाको फर्नडेलमा रहेको छ । 

      बीबीसीका अनुसार भूकम्प आएलगत्तै उत्तरी क्यालिफोर्निया र दक्षिणी ओरेगनको तटमा ४.७ मिलियन जनामा सुनामीको चेतावनी जारी गरिएको थियो । तर, पछि उक्त चेतावनी हटाइएको छ ।

      स्थानीय अधिकारीहरूले भूकम्पबाट हालसम्म मानवीय क्षति नभएको बताएका छन् ।
       

       

        कमेन्टहरु