समाचार

    सुनवलमा निल गाईले हानेर दुई जना घाईते

    दिप्शन गुरुङ
    २०८१ मंसिर १७ | मध्यान्ह ०७:०८ बजे

      परासी । पश्चिम नवलपरासीमा निल गाईले हानेर दुई जना घाईते भएका छन । सोमबार दिउँसो करिब ४:१० बजे सुनवल नगरपालिका- ६ विसासयस्थित भित्री सडक खण्डमा बाटोमा हिडिरहेको अवस्थामा अचानक जंगलबाट निलगाई आई मानिसलाई हान्दा घाईते भएका हुन ।

      घाईतेहरु सुनवल-६ विसासय बस्ने बर्ष ६० को शेषनाथ कुवर र सोही वडा पुलटोल बस्ने बर्ष ६५ को राम बहादुर खाती रहेका छन । उनीहरुको अवस्था माध्यम रहेको प्रहरीले जनाएको छ । घाईते मध्ये कुवरको दुवै खुट्टामा चोट लागेको छ भने, खातीको हात र छातीमा चोट लागेको छ ।

      उनीहरुलाई उपचारका लागि लुम्बिनी प्रदेशिक अस्पताल बुटवल पठाएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी रेशम बोहराले जानकारी दिएको छ ।

        कमेन्टहरु