देश

    रौतहटको इशनाथ नगरपालिका-७को अध्यक्षमा काँग्रेसका खलिक विजयी

    नवलपुर टुडे
    २०८१ मंसिर १७ | बिहान ०६:०८ बजे

      रौतहट। रौतहटको इशनाथ नगरपालिका वडा नं ७ को अध्यक्षमा नेपाली काँग्रेसका शेख अब्दुल खलिक विजयी भएका निर्वाचन आयोगले जनाएको छ ।

      आइतबार सम्पन्न उपनिर्वाचनमा कांग्रेसका खलिकले छ सय २७ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले)का शेख अनवारले पाँच सय ७५ मत प्राप्त गरे ।

      आयोगका अनुसार नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सदरे आलमले चार सय ५२ मत प्राप्त गर्दा जनमत पार्टीका शेख जमिरुल हकले एक सय ३५ मत प्राप्त गरे ।

        कमेन्टहरु