मौसम

    आज यी क्षेत्रमा हिमपातको सम्भावना

    नवलपुर टुडे
    २०८१ मंसिर १७ | बिहान ०५:०८ बजे

      काठमाडौँ । देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ।

      कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । मंगलबार देशभर  मौसम मुख्यतया सफा रहने छ । 

      बुधबार भने कोशी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ ।

       

        कमेन्टहरु