निर्वाचन

    उपनिर्वाचन : १०२ वर्षीय लामिछानेले गरे मतदान

    दिप्शन गुरुङ
    २०८१ मंसिर १६ | मध्यान्ह ०२:०८ बजे

      मकवानपुर । स्थानीय तह उपनिर्वाचनअन्तर्गत हेटौँडा उपमहानगरपालिका–१२ मा १०२ वर्षका गोविन्द लामिछानेले मतदान गरेका छन् । वडाध्यक्ष पदका लागि आइतबार भइरहेको मतदानमा उनी सहभागी भएका हुन् । उनले वडाको भोर्लेस्थित विष्णुज्योति आधारभूत विद्यालयको मतदान केन्द्रबाट मतदान गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।  

        कमेन्टहरु