दुर्घटना, बिश्व

    भारतमा बस दुर्घटना हुँदा १२ जनाको मृत्यु

    रासस
    २०८१ मंसिर १५ | बिहान ०५:०८ बजे
      नयाँदिल्ली । भारतको दक्षिणपश्चिम राज्य महाराष्ट्रमा शुक्रबार भएको बस दुर्घटनामा कम्तीमा १२ जनाको मृत्यु हुनुका साथै २० जनाभन्दा बढी घाइते भएका छन् ।

      राज्यको गोन्दिया जिल्लामा दिउँसो करिब १२ बजे राज्य सरकारद्वारा सञ्चालित बस मोटरसाइकलसँग ठोक्किएर जोगिन खोज्दा दुर्घटना भएको हो । बसमा करिब ३५ यात्रु सवार थिए ।

      घाइतेहरूलाई स्थानीय अस्पतालमा भर्ना गरिएको छ । तीमध्ये केहीको अवस्था गम्भीर रहेको बताइएको छ । रासस/सिन्ह्वा

        कमेन्टहरु