देश

    बारा प्रहरीले बेवारिसे ६२ बोरा चना बरामद गरी भन्सारमा बुझायो

    जगत ठाडा मगर
    २०७८ असार २५ | मध्यान्ह ०९:०३ बजे

      बारा । असार २५ गते शुक्रबार, बारा प्रहरीले तस्करीका ६२ बोरा चना बरामद गरेको छ ।

      जिल्ला प्रहरी कार्यालय बारा तथा मातहत प्रहरी चौकी मुसहर्वा बारा समेतबाट खटिएको संयुक्त प्रहरी टोलीले बिहीबार राति ११:५० बजे गस्तीको क्रममा बरामद गरेको हो ।

      photo 2021 07 09 21 21 00

      जिल्ला बारा विश्रामपुर गा.पा.वडा नं.३ स्थितमा भारतबाट भन्सार छली तस्करी गरी नेपाल भित्राएको भन्सार मुल्य रू.१,१६,२५०।- बराबरको ६२ बोरा (१५५० कि.ग्रा.) भुटेको चना वेवारिसे अवस्थामा फेला पारी वरामद गरी आवश्यक कारवाहीको लागि आज भंसार कार्यालय बीरगंजमा बुझाइएको बारा प्रहरीले जनाएको छ ।

        कमेन्टहरु