देश

    ब्रोइलर बोकेर गएको गाडी तनहुँको नरममा दुर्घटना हुदा चालक सहित दुई जना घाइते

    नवलपुर टुडे
    २०७७ भदौ २४ | मध्यान्ह ०५:०५ बजे

      तनहुँ । भदौं २४ बुधबार, देवघाट गाउँपालिका छिपछिपे देखि सोही गाउँपालिका वडा न: २ नरममा कुखुरा लिएर गएको जिब दुर्घटना भएको छ । बुधबार दिउँसो करिव २ बजे तिर कुखुरा बोकेर गएको गाडी दुर्घटना भएको हो ।

      उक्त दुर्घटनामा चालक सहित २ जना गम्भीर घाइते भएका छन । ग्रामीण भेगका सडक बर्षायाममा बाढी पहिरोको कारणले क्षेतीग्रष्ट भएका कारण चिप्लेर सडकवाट करिव २०० मिटर तल खस्दा जीपका चालक र सह-चालक घाइते भएका हुन ।

      घाइतेहरुको अहिले छिपछिपे हेलपोष्टमा उपचार भइरहेको हेल्थपोष्टका इन्चार्ज -डा.बाल कृष्ण पराजुलीले नवलपुर टुडेलाई जानकारी दिनुभएको हो ।

        कमेन्टहरु