देश

    नेपाल प्रहरीका ५ एआइजीको सरुवा (सुचीसहित)

    जगत ठाडा मगर
    २०७८ असार २५ | मध्यान्ह ०७:०३ बजे

      काठमाडौं । नेपाल प्रहरीमा ५ एआइजीको सरुवा भएको छ । बिहिबार बसेको मन्त्रिपरिषद् बैठकले एआइजीमा सहकुल थापालाई बढुवा गरे सँगै पदस्थापन गरी अन्य एआइजीको पनि सरुवा निर्णय गरेको हो ।

      एआइजी सहकुल थापालाई मानवस्रोत तथा प्रशासन विभागमा पदस्थापन गरिएको छ । यो विभाग प्रहरीमा आकर्षक मानिन्छ । वरियतामा सबैभन्दा माथि रहेका एआइजी हरि पाललाई कार्य विभागमा पठाइएको छ ।

      निरज शाही अपराध अनुसन्धान विभागमा सरुवा गरिएका छन् । महानगरीय प्रहरी कार्यालयमा एआइजी प्रद्युम्न कार्कीको सरुवा भएको छ । विश्वराज पोखरेल प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा सरुवा गरिएका छन् ।

      सरुवा गरिएका प्रहरी अधिकृत

      हरि पाल, कार्य विभाग निरज शाही, अपराध अनुसन्धान विभाग प्रद्युम्न कार्की, महानगरीय प्रहरी कार्यालय
      विश्वराज पोखरेल, प्रहरी प्रशिक्षण प्रतिष्ठान र सहकुल थापा, मानव स्रोत तथा प्रशासनमा पद्स्थापन भएको छ ।

        कमेन्टहरु