घटना, मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश

    बुढिनन्दामा ३ घरमा आगलागी हुँदा लाखौं जलेर नष्ट

    उमेश रोकाया
    २०८१ मंसिर १० | मध्यान्ह ०३:०८ बजे

      बाजुरा, मंसिर १०। जिल्लाको पुर्वी उत्तरी भेगको बुढीनन्दा नगरपालिकामा आइतबार तीन वटा घरमा आगलागी हुँदा जलेर नष्ट भएका छन्,भने लाखौंको क्षती भएको छ । सोही नगरपालिका वडा नम्बर ४ ताडीका स्थानीय गुलाव बोहरा,भीमलाल बोहरा र हिरामणी बोहराको घरमा आगलागि हुँदा ४५ लाख ५० हजार रुपैया बराबरको धनमालको क्षती भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । 
      आगलागीबाट तीन वटै घर पुरै जलेर नष्ट भएका छन् । घर जलेर नष्ट भएपछि उनीहरुको आफन्तकोमा बस्दै आएका छन् । 

      तीनै जनाको घर संगै जोडिएकाले आगलागिबाट बढी क्षती भएको हो । आगलागिबाट घरमा रहेका लत्ताकपडा, अन्नपात, भाँडावर्तन जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरिक्षक जनकबहादुर बोहराले जानकारी दिएका छन्

        कमेन्टहरु