न्यायालय

    म्याद थपका लागि दुर्गा प्रसाईंलाई अदालतमा पेस

    दिप्शन गुरुङ
    २०८१ मंसिर ५ | बिहान ११:०८ बजे

      काठमाडौं । साइबर अपराधसम्बन्धी कसुरमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई म्याद थपका लागि काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको छ ।

      नेपाल प्रहरीको साइबर ब्युरो (सीआईबी)ले प्रसाईंलाई म्याद थपका लागि अदालतमा उपस्थित गराएको ब्युरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिए । 

      उनले भने, “प्रसाईंलाई हिरासतमा राखेर अनुसन्धान गर्नका लागि काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको र उनीविरुद्ध साइबर अपराधसम्बन्धी कसुरमा म्याद लिएर अनुसन्धान गरिनेछ ।”

      प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध मिथ्या र गलत सामग्रीबारे दुष्प्रचार गरेको आरोपमा प्रसाईंलाई मंगलबार सीआईबीले पक्राउ गरेको थियो । 

        कमेन्टहरु