निर्वाचन

    रुकुम पूर्वमा माओवादीका जगत घर्ती निर्विरोध निर्वाचित

    नवलपुर टुडे
    २०८१ मंसिर ५ | मध्यान्ह ०१:०८ बजे

      रुकुम पूर्व । स्थानीय तह उपनिर्वाचन अन्तर्गत नेकपा माओवादी केन्द्रले रुकुम पूर्वमा खाता खोलेको छ ।  पुथाउत्तर गंगा गाउँपाकिलका–२ का माओवादीका उम्मेदवार जगतबहादुर घर्ती निर्विरोध निर्वाचित भएको माओवादीका नेता तथा रुकुम पूर्वका सङ्घीय सांसद पूर्ण घर्तीले जानकारी दिए । 

      उनका अनुसार कांग्रेस एमालेको तर्फबाट उम्मेदवारी दिएका जीवन रोकाले उम्मेदवारी फिर्ता लिएपछि घर्ती निर्वाचित भएका हुन् । 

      २०७९ को निर्वाचनमा  माओवादीका उम्मेदवार जसबहादुर श्रीपालीले  २३४ मत ल्याएर विजयी भएका थिए भने कांग्रेसका कर्णबहादुर बुढाले १७९ मत पाएका थिए ।

        कमेन्टहरु