दुर्घटना

    सुस्तामा ट्रकको ठक्करबाट साईकल यात्रीको मृत्यु

    नवलपुर टुडे
    २०८१ मंसिर ४ | मध्यान्ह १०:०८ बजे

      नवलपरासी, मंसिर ४ । नवलपरासीमा ट्रकको ठक्करबाट साईकल यात्रीको मृत्यु भएको छ । नवलपरासीको सुस्ता गाउँपालिका- १ बरुवा चोकस्थित भित्री सडक खण्डमा बर्दघाटबाट त्रिबेणी तर्फ जादै गरेको लु २ ख ८९३ नम्बरको ट्रकले सोही दिशा तर्फबाट जादै गरेको साईकल यात्रीलाई ठक्कर दिदा साईकल यात्रीको मृत्यु भएको हो ।

      ट्रकको ठक्करबाट मृत्यु हुनेमा सुस्ता गाउँपालिका- १ बरुवा बस्ने बर्ष ६५ को रामजी नेपाली रहेको छ । नेपाली ट्रकको ठक्करबाट घाईते भएका थिए । घाईते नेपालीलाई उपचारको लागी सहिद स्मृति सामुदायिक अस्पताल चौपत्ता पुर्‍याउदा डाक्टरले मृत घोषणा गरेको कार्यालयका सुचना अधिकारी रेशम बोहराले जानकारी दिए ।

      ठक्कर दिने ट्रक र ट्रक चालकलाई अनुसन्धानका लागि  नियन्त्रणमा लिएको र शव पोष्टमार्टमका लागि पृथ्वी चन्द्र अस्पताल परासी ल्याईएको बोहराले बताए ।

       

        कमेन्टहरु