दुर्घटना

    डडेलधुरामा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ७ घाइते

    नवलपुर टुडे
    २०८१ मंसिर ४ | मध्यान्ह ०६:०८ बजे

      डडेलधुरा ।  डडेलधुरामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । कञ्चनपुरको दैजीबाट परशुराम नगरपालिका आइरहेको जिप लिप्नामा दुर्घटना भएको हो। 

      इलाका प्रहरी कार्यालय जोगबुढाका अनुसार जिल्लाको परशुराम नगरपालिका–९ स्थित दैजी–जोगबुढा सडकखण्डको लिप्नामा जीप दुर्घटना २ महिलाको मृत्यु भएको हो। महेन्द्रनगरबाट सलेता आउँदै गरेको लु १ ज ४५७९ नम्बरको जिप सडकबाट ३० मिटर तल खसेको हो।

      दुर्घटनामा ७ जना घाइते भएका छन्।  घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर रहेको र उनीहरूलाई उपचारका लागि धनगढी लगिएको छ। घटनाको विवरण आउन बाँकी छ।

      मृतक दुवै महिला रहेको स्थानीयले जनाए। मृतक र घाइतेको पहिचान खुल्न बाँकी छ।

       

        कमेन्टहरु