घटना, मधेश प्रदेश

    रौतहटमा आगलागीबाट लाखौको क्षती

    अशोक यादव
    २०८१ मंसिर ४ | बिहान ०९:०८ बजे

      रौतहट । गएराति रौतहटमा आगलागीबाट लाखौको क्षती भएको छ । जिल्लाको बौधिमाई नगरपालिका- २ इनर्वामा सोमबार राति आगलागी हुँदा लाखौको क्षति भएको हो ।

      आगलागीबाट स्थानीय सिताबी पटेल र नागेन्द्र पटेलको गोठ घर पूर्ण रुपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय रौतहटका सुचना अधिकारीले जानकारी दिएको छ ।

      आगलागीमा परी सिताबी पटेलको श्रीमतीसहित एक चौपाया गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।

        कमेन्टहरु