समाचार

    उपरथी भट्टलाई दर्ज्यानी चिन्ह

    नवलपुर टुडे
    २०८१ मंसिर २ | मध्यान्ह ०५:०८ बजे

      काठमाडौं । उपरथी दर्जामा विशेष पदोन्नति भएका सहायक रथी टंकप्रसाद भट्टलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ ।

      प्रधानसेनापति अशोकराज सिग्देलले आज (आइतबार) जङ्गी अड्डामा आयोजित एक कार्यक्रमबीच भट्टलाई उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।

      कार्यक्रममा रथीवृन्द र अधिकृतहरूका साथै भट्टको परिवारजनको उपस्थिति थियो ।
       

        कमेन्टहरु