अपराध

    पाल्पाको रामपुरमा एक महिला मृत फेला

    नवलपुर टुडे
    २०८१ मंसिर २ | बिहान ०८:०८ बजे

      पाल्पा । पाल्पाको रामपुर नगरपालिका ३ बगाहा–सीताकुण्ड सडक खण्डमा एक महिला मृत भेटिएकी छिन्। मृतक महिला स्थानीय डिलबहादुर सारुकी श्रीमती ६५ वर्षीया सुकमाया गिरी सारु रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुनिल मल्लले जानकारी दिए ।

      शनिबार साँझ करिब साढे ५ बजे सडकको नालीमा भेटिएकी ती महिलालाई उपचारका लागि रामपुर अस्पताल लगिएको थियो । तर चिकित्सकले उनको मृत्यु भइसकेको घोषणा गरेका थिए ।

      सो घटनाका सम्बन्धनमा आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी मल्लले बताए ।
       

        कमेन्टहरु