मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश

    आमा पहिलो कार्यक्रमबाट संकलन गरेको दाल विधालयका दिवा खाजामा खुवाउने

    उमेश रोकाया
    २०८१ कार्तिक २७ | मध्यान्ह ११:०७ बजे

      बाजुरा, कार्तिक २७। विधालय दिवा खाजामा कार्यक्रममा प्रत्येक विधालयमा आपूर्ति गरिने दाल १ आमाबाट ५ किलोग्राम दाल किन्ने अभियान लागेका छन। स्वामिकार्तिक खापर गाउँपालिकाका २६ वटा स्कुलमा विधालय दिवा खाजामा कार्यक्रममा प्रत्येक विधालयमा आपूर्ति गरिने दाल १ आमा ५ किलोग्राम दाल किन्ने अभियान रहेका स्वामिकार्तिक खापर गाउँपालिका अध्यक्ष भरत बहादुर रोकायाले बताएका छन। आमा पहिलो कार्यक्रम प्रभावकारी बन्दै गएको छ। पालिका भरिका २ हजार ४ सय आमाहरूबाट १२ हजार किलोग्राम दाल संकलन गरेर २६ विधालयका ४ हजार विद्यार्थी भाइबहिनीहरूलाई खुवाई भएको छ।

      बाँकी बचेकाे दाल अन्य पालिकामा बेच्ने छाै। गाउँपालिका ५ वटा वडाका आमाहरूकाे प्रत्येकको खातामा तत्कालै ५ किलोग्राम दालकाे कबुल गरिएकाे मूल्य रकम जम्मा गरिने भएको छ। प्रत्येक आमाले ५ किलो दाल समूह मार्फत जम्मा गर्ने र जुन दाल विधालयको दिवा खाजाका लागि बिक्रि गरीने। दाल बेचेर आएको पैसा आमाकै खातामा जम्मा गरिने भएको अध्यक्ष रोकायाले बताए।

        कमेन्टहरु