अपराध

    खराब मौसमका कारण रवि लामिछानेलाई रुपन्देही ल्याउन ढिलाइ

    नवलपुर टुडे
    २०८१ कार्तिक २७ | बिहान ०९:०७ बजे

      बुटवल, कात्तिक २७ । खराब मौसमका कारण रास्वपा सभापति रवि लामिछानेलाई रुपन्देही ल्याउन कार्यमा ढिलाइ भएको छ । भैरहवामा मौसमको खराबीका कारण पोखराबाट जहाज उड्न नसकेको हो ।

      बिहान पौने ८ बजे नै पोखराबाट भैरहवा ल्याउने तयारीस्वरूप रविलाई बिहान ५ बजे नै पोखरा एयरपोर्टमा लगिएको थियो । रुपन्देही प्रहरी प्रहरी प्रवक्ता लक्ष्मी खनालले भैरहवा एयरपोर्टमा भिजिबिलिटी नपुग्दा जहाज अझै उड्न नसकेको बताइन् । ‘भैरहवामा मौसम पनि खराब छ ।

      भिजिबिलिटी नपुग्दा पोखराबाट जहाज उड्न सकेको छैन । त्यसमाथि जजिराको जहाज पनि आउँदैछ,’ डिएसपी खनालले भनिन् ।

        कमेन्टहरु