अपराध

    रास्वपा सभापति लामिछानेलाई थप १३ दिन हिरासतमा राख्न अनुमति

    नवलपुर टुडे
    २०८१ कार्तिक २५ | मध्यान्ह ०५:०७ बजे

      काठमाडौं । रास्वपा सभापति रवि लामिछानेलाई थप १३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले समय दिएको छ । कास्की जिल्ला अदालतले उनलाई थप १३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न समय दिएको स्रोतले जानकारी दियो ।

      लामिछाने सहकारी ठगी प्रकरणमा कात्तिक २ गते पक्राउ परेका थिए । यसअघि उनलाई तीनपल्ट म्याद थप गरेर प्रहरीले अनुसन्धान जारी राखेको छ ।

      आइतबार जिल्ला अदालत कास्कीका न्यायाधीश नवराज दाहालको इजलासले लामिछानेमाथि अनुसन्धान गर्न थप १३ दिनको अनुमति दिएको जिल्ला अदालत कास्कीका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए । 

        कमेन्टहरु