देश

    ढुङ्गा बोकेर आउँदै गरेको लु २ ख ८२० नम्बरको टिपर तिनाउ नदीमा खस्यो

    जगत ठाडा मगर
    २०७८ असार २३ | मध्यान्ह ०१:०३ बजे

      कृष्ण गिरी
      असार २३ / बुटवल: सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडकखण्ड अन्तर्गत तिनाउ गाउँपालिका वडा नम्बर ५ चरचरे कालिमाटीमा बुधबार बिहान चुनढुङ्गा बोकेर बुटवलतर्फ आउँदै गरेको लु २ ख ८२० नम्बरको टिपर दुर्घटनामा परेको थियो । टिपर सडकबाट करिब एक सय ५० मिटर तल तिनाउ नदीमा खसेको छ ।

      लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेका अनुसार दुर्घटनामा परेर चालक पाल्पाको पूर्वखोला गाउँपालिका वडा नम्बर ५ विरकोटका ३६ वर्षिय सुदीप गैरेको मृत्यु भएको छ ।

      गैरेलाई लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचारको लागि लगिएको थियो । टिपर तिनाउ नदीमा खसेर डुबेको अवस्थामा भेटिएकोले सहचालक वा अरू कोही उक्त टिपरमा भए नभएकोबारे खोजी भइरहेको प्रहरीले जनाएको छ ।

        कमेन्टहरु