देश

    राष्ट्रपति पौडेलद्वारा ट्रम्पलाई बधाई

    नवलपुर टुडे
    २०८१ कार्तिक २१ | मध्यान्ह ०६:०७ बजे

      काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संयुक्त राज्य अमेरिकाको राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित भएकामा बधाई दिएका छन् ।

      राष्ट्रपति पौडेलले आज सामाजिक सञ्जाल ट्विटमार्फत ऐतिहासिक जित हासिल गरेकामा नेता ट्रम्पलाई बधाई दिँदै संयुक्त राज्य अमेरिकाको राष्ट्रपतिका रुपमा उनको दोस्रो कार्यकालको पूर्ण सफलताको कामना गरेका छन् ।

      उनले राष्ट्रपति ट्रम्पको कार्यकालमा नेपाल र संयुक्त राज्य अमेरिकाको सम्बन्ध अझ सुदृढ हुने विश्वास व्यक्त गरेका छन् ।
       

        कमेन्टहरु