अपराध

    दीपक मनाङे सम्पर्कविहीन

    नवलपुर टुडे
    २०८१ कार्तिक २१ | मध्यान्ह ०३:०७ बजे

      काठमाडौँ, कात्तिक २१ । गण्डकीका प्रदेशसभा सदस्य एवं पूर्वमन्त्री दीपक मनाङे (राजीव गुरुङ)मोबाइल अफ गरेर सम्पर्कविहीन भएका छन् । सर्वोच्च अदालतले ज्यान मार्ने उद्योगमा पाँच वर्ष कैद सजाय सुनाएपछि पूर्वमन्त्री मनाङे सम्पर्कविहीन भएका हुन् ।

      केही दिनअघि कास्कीमै रहेका उनी कैद फैसला सुनाएपछि सार्वजनिक ठाउँमा देखिएका छैनन् । झगडामा तरबार प्रहार गरेर ज्यान मार्ने उद्योग गरेको अभियोगमा मनाङेविरुद्ध मुद्दा चलेको २० वर्षपछि हिजो (मंगलबार) न्यायालयले अन्तिम फैसला गरेको हो । फैसलालगतै कार्यान्वयनको लागि प्रहरी परिचालन भएको प्रहरीले जनाएको छ ।

      मनाङे हाल दोषी करार भएको मुद्दाको घटना २०६१ वैशाख ३१ को हो । मनाङेले आफ्ना प्रतिद्वन्द्वी गुन्डा नाइके चक्रे मिलनको देब्रे हात खुँडाले हानेर छिनाएका थिए । घटनापछि चक्रे मिलन छिनेको हात बोकेर अस्पताल पुगेका थिए  ।

       

        कमेन्टहरु