देश

    विनि रामलखन मण्डललाई पत्नी शोक

    जगत ठाडा मगर
    २०७८ असार २३ | बिहान ०८:०३ बजे

      बिनोद मण्डल
      सिरहा । सिराहा जिल्लाको शिक्षा कार्यालय अन्तर्गत विनि भई स्थानिय निकाय अन्तर्गत गोलबजार शिक्षा शाखामा कार्यरत विनि रामलखन मण्डलको जीवन संगिनी सिता मण्डल उपचारको क्रममा विराटनगर मोरङमा निधन भएको हो ।

      विगत लामो समयदेखि दमको बीमार रहनुभएको मृतकले दमको औषधि खाइरहनु भएको थियो ।
      करिब ५८ वर्षिया सिता मण्डल परिवारको खम्भाको रूपमा रहनु भएको थियो । घरमा करिब १ महिना अगाडि दमको व्यथाले सताएपछि विराटनगर उपचारको लागि लगिएको पारिवारिक स्रोतले जनाएको छ ।

      दम पछि टाइफर पुष्टि भएपछि उपचारको क्रममा निधन भएको हो । लकडाउनको समयमा आवत जावत गर्न कठिनाई भएकोले अन्तिम संस्कार विराटनगरको आर्यघाटमा गरी हिजै सबै जना सिरहाको नरहा २ पानवारी छोटकी टोल फर्किएको हो ।

      वैदिक हिन्दू संस्कार अनुसार जेठो छोरा कर्ममा बसेको छ । भने आफन्तहरू घरमा समवेदना व्यक्त गर्न आइरहेको बुझिएको छ ।

        कमेन्टहरु