देश

    देशभक्त युवा नेपालको सुदुरपश्चिम प्रदेशमा समिति गठन

    जगत ठाडा मगर
    २०७८ असार २२ | मध्यान्ह ०९:०३ बजे

      स्वस्तिका खत्री
      डोटी । असार २२ । देशभक्त युवा नेपालको केन्द्रीय सहमतिद्वारा सुदुरपश्चिम प्रदेशमा पनि समिति गठन भएको छ ।

      यस समितिमा विभिन्न जिल्लाहरुका सक्ष्यम, सामाजिक कार्यहरुमा योगदान दिंदै आईरहेका र बालबालिकाको क्षेत्र तथा युवाहरुको क्षेत्रमा आवाद युवाहरु लाई समेटेर उल्लेखनिय प्रतिनिधित्व गर्ने ब्याक्तित्वहरुलाई पदमा नियुक्ति गरि, उहाँहरुको काम कर्तव्य र अधिकारको छिनोफानो गर्नुको साथ साथै उहाँहरुको क्षमता र कार्यसिलताको आधारमा सहजकर्ता, केन्द्रियसमिती र सहभागी पदाधिकारीहरुको सहमती गरि सुदुरपश्चिम प्रदेश -७ मा पनि समिति गठन भएको कुरा यस समितिमा अध्यक्ष चयन हुनुभएको सन्तोष बोहरा ज्युले बताउनुभएको छ ।

      सुदुरपश्चिम प्रदेशका ९ वटा जिल्लाहरुमा रहेका नागरिक, बालबालिका, महिला ताथा अन्य ब्यक्तिलाई कसरी सक्षम बनाउन सकिन्छ भन्ने बिषयमा बिशेष ध्यानाकर्षण गर्नुको साथ साथै निम्न लिखित बिषयमा काम गर्ने प्रतिबधता समेत गरेको छ :

      (क) प्रदेश नं ७ मा अन्यायमा परेका ब्यक्तिहरुलाई कसरी न्यायमा पहुँच बढाउनमा सहयोग गर्ने
      (ख) भ्रष्टाचार न्यूनीकरण सम्बन्धी कार्य गर्ने
      (ग) बालबालिकाको हकहितको लागि पहल गर्ने
      (घ) स्वास्थ क्षेत्रमा पहल गर्ने
      (ङ) अन्धबिश्वास र कुरितिको न्यूनीकरण लगाएत अन्य क्षेत्रहरुमा उर्जाशिल भई प्रदेश नं ७ लाई सक्षम बनाउने प्रतिबद्धता गदैं यस समितिको गठन भएको हो ।

        कमेन्टहरु