दुर्घटना

    भाइ टिकामा नेपाल फर्कदै गरेकाे कार भारतमा दुर्घटना, दुई जना नेपालीकाे निधन

    धर्मेन्द्र कुमार कुर्मी
    २०८१ कार्तिक १७ | मध्यान्ह ०३:०७ बजे

      कपिलवस्तु । भारतकाे पंजाबबाट भाइ टिकामा बढ्नी हुँदै घर फर्किरहेकाे कार दुर्घटना भई दुई जना नेपालीकाे निधन भएकाे छ । 

       
      भारतकाे पञ्जाब, रामनगरबाट नेपाल फर्कदै गरेकाे गाडी पिबि १० जेएन ६१९९ हुण्डाई कार राेडवेज बससंग दुर्घटना हुंदा बाणगंगा नगरपालिका- ९ बर्धहवा उमेर ३७ वर्षका चालक दिनेश बेलबासे र उनकै शारदा बेलबासेसंगै गैडाकोट ६ नवलपरासी सुस्ता पूर्व नवलपुर निवासी कलाधर शर्मा उमेर २७ वर्ष एवम् जितपुर नम्बर ४ निवासी देवबहादुर उमेर करिब ५१ वर्ष र उनकै पत्नी धनकाला उमेर करिब ५० वर्ष सवार हुन्डाई कारसंग युपी ४७ टी २७०३ नम्बरको बस बलरामपुर डिपोसँग ठोक्किँदा दुई जनाकाे ज्यान गएकाे छ भने बाकी घाइते ३ जनाकाे उपचार भईरहेकाे बलरामपुर प्रहरीले जनाएको छ ।
       
      चालक दिनेश बेलबासे र अनिल सापकोटा, टेकबहादुर र धनकाला घाइते भएका छन् । दुर्घटनामा परी टाउकोमा गम्भीर चोट लागेका सापकोटाको घटनास्थलमै मृत्यु भएको हो ।साे मध्ये गम्भीर घाइते रहेका दिनेश बेलबासेलाई कारबाट बाहिर निकालेर उपचारका लागि सिएचसी पचपेडवा लगिएको छ ।
       
      त्यस्तै टेकबहादुर र धनकालालाई सीएचसी पचपेडवा एम्बुलेन्सबाट उपचारका लागि पठाइएको छ । टाउकाेमा चाेटका कारण दिनेश बेलबासे र अनिल सापकाेटकाे घटना स्थल मै निधन भएकाे हाे । थप कानुनी कार्यवाही भइरहेकाे विज्ञाप्ति मार्फत भारतीय प्रहरीले जनाएकाे छ ।

        कमेन्टहरु