खेलकुद

    साफ महिला च्याम्पियनसिप फुटबलको उपाधि बंगलादेशले जित्यो

    नवलपुर टुडे
    २०८१ कार्तिक १४ | मध्यान्ह ०८:०७ बजे

      काठमाडौँ । साफ महिला च्याम्पियनसिप फुटबलको उपाधि चुम्न नेपाल पुनः चुकेको छ। बुधबार सम्पन्न नेपाल र बंगलादेशबीचको फाइनल खेलमा बंगलादेशले नेपाललाई २-१ पराजित गरेको छ।

      खेलको पहिलो हाफ गोलरहित बराबरीमा रह्यो । दोस्रो हाफको सुरुवातमै बंगलादेशका तर्फबाट पहिलो गोल भएको थियो। खेलको ५२औ मिनेटमा मोनिका चक्काले डिफेन्सको गल्तीमा सहज गोल गर्दै बंगलादेशलाई १-० को अग्रता दिलाएकी थिइन्।

      लगत्तै नेपालले गोल फर्कायो नेपालका लागि अमिषा कार्कीले ५६ औं मिनेटमा बराबरी गोल फर्काएकी थिइन्। खेलको ८१ औं मिनेटमा बंगलादेश पुनः एक गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाएको हो।

      बंगलादेशका लागि ऋतु पोर्ना चाक्माले डिबक्स बाहिरबाट गरेको उत्कष्ट प्रहार गोलमा परिणत भएको थियो।

       

        कमेन्टहरु