देश

    दोलखा कालिन्चोकका एक पुरुष सम्पर्क बिहिन, खोजी दिन परिवारको अपिल

    जगत ठाडा मगर
    २०७८ असार २१ | बिहान ०९:०३ बजे

      दोलखा । दोलखामा माछा मार्ने गएको एक पुरुष अहिले सम्म घर फर्केको छैन । दोलखा कालिन्चोक गाउँपालिकाका वडा नम्बर २ निबासी पुरुष हराइरहेको छ ।

      दोलखा कालिन्चोक गाउँपालिका वडा नं. २ कुसाहती निवासी ५५ बर्षिय सुक्बा थामी बर्षा २०७७/३/१२ गते देखि हराईरहेको छ ।

      खोलामा माछा मार्न खोला तिर जानु भएका सुक्बा थामी अहिले सम्म घर नफर्केको परिवारले जनाएको छ । गाउँका सबैले खोजी गरे पनि नभेटाएको र कतैबाट खबर नआएकोले परिवार चिन्तामा रहेको छ ।

      वहाँलाई कहि कतै देख्नु हुन्ने ब्यक्तिले वहाँको आफन्तको
      यो 9827286960 नम्बरमा कल गरि जानकारी दिनु अनुरोध गरेको छ ।

        कमेन्टहरु