अपराध

    छविलाल जोशीलाई आज रुपन्देहीबाट बुध्द एयरको जहाजमार्फत पोखरा ल्याइँदै, रविलाई शुक्रबार बुटवल लैजाने तयारी

    नवलपुर टुडे
    २०८१ कार्तिक ७ | मध्यान्ह १२:०७ बजे

      पोखरा,कात्तिक ७ । सहकारीको रकम अपचलन आरोपमा पक्राउ परेका पूर्वडीआईजी छविलाल जोशीलाई रुपन्देहीबाट आज पोखरा ल्याइने भएको छ । कास्की प्रहरीको हिरासतमा रहेका उनलाई सोमबार रुपन्देही लगिएको थियो ।

      बुटवस्थित सुप्रिम बचत तथा ऋण सहकारीको रकमसमेत पूर्वडिआइजी जोशी सञ्चालक रहेको गोरखा मिडिया नेटवर्कमा अनाधिकृत रुपमा लगानी गरेपछि बयानको लागि रुपन्देही लगिएको थियो । जोशीसँग दुई दिन बयान लिएपछि आज दिउँसो साँढे १२ बजे बुध्द एयरको जहाजमार्फत पोखरा ल्याउने तयारी गरेको प्रहरीको भनाइ छ । आज मध्याह्न साढे १२ बजेको उडानमार्फन उनलाई पोखरा ल्याइन लागिएको हो ।

      मंगलबार उनीसँग झण्डै सात घण्टा सरकारी वकिलको कार्यालयमा बयान लिइएको थियो । बयान सकिएकाले पुनः कास्की पठाउन लागिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी डिएसपी लक्ष्मी खनालले बताइन् ।

      रविलाई शुक्रबार बुटवल लैजाने प्रहरी तयारी

      कास्की प्रहरीको हिरासतमा रहेका लामिछानेलाई बुटवल लैजाने तयारी प्रहरीको छ । लामिछानेविरुद्ध बुटवलमा जाहेरी नपरे पनि जोशीको वयानका आधार लामिछानेलाई बुटवल लैजाने तयारी प्रहरीको छ ।

      राष्ट्रिय स्वतन्त्र पार्टीका शीर्ष नेताहरुले पनि पार्टी सभापति लामिछानेलाई बुटवल लैजाने प्रहरीको तयारी रहेको सूचना पाएको बताएका छन् । ‘छविलाई जहाँजहाँ लैजाने हो हाम्रा सभापतिलाई पनि उनको बयानका आधारमा त्यहीँ त्यहीँ लैजाने तयारी प्रहरीले गरेको सूचना पाएका छौं,’ रास्वपाका एक शीर्ष नेताले बताए । 

      ‘सरकारको दुःख दिने नियत नै भएपछि के लाग्छ र ?’ म्याद थपका लागि पुन अदालतमा पेस गरेपछि लामिछानेलाई शुक्रबार बुटवल लैजाने तयारी रहेको स्रोतको भनाइ छ ।

        कमेन्टहरु