घटना

    सिरहामा लाठी प्रहारबाट दुईजना घाइते

    नवलपुर टुडे
    २०८१ कार्तिक ६ | बिहान ११:०७ बजे

      सिरहा । सिरहामा लाठी प्रहारबाट दुईजना घाईते भएका छन । धनगढीमाई नगरपालिका- १० कसहा माध्यमिक विद्यालयका शिक्षक रामनाथ महतोले प्रहार गरेको लाठीबाट बालकसहित दुईजना घाईते भएको हो ।

      सोमबार साझ रामनाथ महतोले घनगढीमाई- १० स्थित प्राकृति अस्पताल क्षेत्रमा बालबालिकाहरूले होहल्ला गरेको विषयलाई लिएर महतोले लाठी प्रहार गरेका हुन । उनको लाठी प्रहारबाट ११ वर्षीय साइरन तामाङ र उनका फुपु सिर्जना तामाङ घाईते भएका हुन । घाइते दुवैजना धनगढीमाई नगरपालिका- १४ का स्थानीय हुन ।

      महतोको लाठी प्रहारबाट घाइते भएका बालक रोईकराई गरेको सुनेपछि उनका फूपू सृजना तामाङ हेर्न पुग्दा उनलाई पनि महतोले लाठी प्रहार गरी घाईते बनाएको हो । घाईते तामाङको पिठ्युँ र दायाँ हातमा चोट लागेको छ ।
      घटना पश्चात लाठी प्रहार गर्ने रामनाथलाई स्थानीयको सहयोगमा ईलाका प्रहरी कार्यालय धनगढीले नियन्त्रणमा लिएको सिरहा प्रहरीले बताए ।

      घाइते दुवैजनाको स्थानीय अस्पतालमा उपचार भईरहेको छ । घटना बारे थप अनुसन्धान भइरहेको सिरहा प्रहरीले जनाकारी दिएको छ ।

        कमेन्टहरु