अपराध

    ५ लाख धरौटीमा रिहा भए सुलेमान शंकर ‘इकु’

    नवलपुर टुडे
    २०८१ कार्तिक ५ | मध्यान्ह ०६:०७ बजे

      काठमाडौं, कात्तिक ५ । कलाकार भिसामा युरोप पठाउने भन्दै ठगी गरेको आरोपमा पक्राउ परेका हाँस्य कलाकार सुलेमान शंकर ‘इकु’ रिहा भएका छन् । जिल्ला अदालत काठमाडौंले उनलाई ५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

      न्यायाधीश खिमानन्द भुषालको इजलासले इकुलाई धरौटीमा छाड्न आदेश दिएको हो । इकुलाई प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो सीइआबीले २६ भदौमा बुढानिलकण्ठबाट पक्राउ गरेको थियो ।

        कमेन्टहरु