घटना

    चितवन प्रहरी हिरासतमा रहेका थुनुवाको मृत्यु

    नवलपुर टुडे
    २०८१ कार्तिक ३ | बिहान ०८:०७ बजे

      चितवन, कात्तिक ३ । चितवन प्रहरी हिरासतमा रहेका एक थुनुवाको मृत्यु भएको छ । मृत्यु हुनेमा रत्ननगर नगरपालिका–१३ बस्ने ४५ वर्षीय महमद क्यामोदिन रहेका छन् । 

      इलाका प्रहरी कार्यालय रत्ननगर टाँडीको हिरासत कक्षमा रहेका एक थुनुवाको आज बिहान मृत्यु भएको हो । अपराधिक लाभ कसुरमा कात्तिक १ गते पक्राउ परेका उनीमाथि अनुसन्धानका लागि पाँच दिनको म्याद थप भएको थियो ।

      आज बिहान ४ः४५ बजेको समयमा थुनुवा कक्षको बाथरुमको ढोका छेउमा घोप्टो अवस्थामा महमद क्यामोदिन फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता भेषराज रिजालले जानकारी दिए ।

      उनलाई उपचारको लागि भरतपुर अस्पताल ल्याएकोमा चिकित्सकले मृत घोषणा गरेको उनले बताए । मृतकको शवलाई भरतपुर अस्पतलाको शव गृहमा राखिएको छ ।

      घटनको अनुसन्धानका लागि जिल्ला प्रहरी प्रमुख एसपी भावेष रिमाल नै खटिएको छन् ।

        कमेन्टहरु