अपराध

    रविलाई पार्टी कार्यालयबाट पक्राउ गरिँदै, स्थलमार्गबाट कास्की लैजाने तयारी

    नवलपुर टुडे
    २०८१ कार्तिक २ | मध्यान्ह ०६:०७ बजे

      काठमाडौं । पूर्वगृहमन्त्री रवि लामिछानेलाई पक्राउ गर्न केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)को टोली अहिले पार्टी कार्यालयमा छ ।

      सीआइबीका एसपी हविन्द्र बोगटीले रविलाई पक्राउ गर्ने प्रक्रियागत कामहरु गरिरहेका छन् । पार्टी कार्यालयमा रास्वपा नेता कार्यकर्ता र सञ्चारकर्मीको भीड छ ।

      प्रहरीले आजै कास्की लैजाने तयारी छ । रवि र रास्वपाले स्थलमार्गबाट जाने प्रस्ताव गरेका छन् । यसमा प्रहरी पनि तयार रहेको स्रोतले बतायो । रविलाई कास्की लैजाने क्रममा रास्वपाका नेता कार्यकर्ताहरु पनि सँगसँगै जाने तयारी गरिएको छ ।

       

        कमेन्टहरु