देश

    दोलखामा घाँस काटेर घर फर्कने क्रममा भीरबाट लडेर एक बालिकाको मृत्यु

    जगत ठाडा मगर
    २०७८ असार १८ | मध्यान्ह ०९:०३ बजे

      दोलखा । दोलखामा भीरबाट लडेर एक जना नाबालिकाको मृत्यु भएको छ ।

      बिगु गाउँपालिका -८ थामीचाँगु कापाराङ्गका १२ बर्षिय जयन्ती थामीको बलस्याँपु ओडारे जंगलमा घाँस काटेर घर फर्कने क्रममा भीरबाट लडेर मृत्यु भएको हो ।

      उनको भीरबाट लडेर करिब २५ मिटर तल खसेर गम्भीर घाईटे भएको थियो । घट्ना पश्चात् उनको उद्दार गरि बिगु स्वास्थ चैकीका उपचारको क्रममा मृत्यु भएको हो ।

      घाईटे बालिकाको मृत्यु पछि दोलखा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

        कमेन्टहरु