घटना, मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश, स्वास्थ्य

    हिमाली गाउँपालिका कार्यरत नर्सिङ अधिकृत मल्लको निधन

    उमेश रोकाया
    २०८१ कार्तिक १ | बिहान १०:०७ बजे

      धनगढी, कार्तिक ०१। बाजुरा जिल्लाको अति दुर्गममा रहेको हिमाली गाउँपालिकाको बिच्छ्या स्वास्थ्य चौकीमा कार्यरत नर्सिङ अधिकृत  प्रेमकला मल्लको ५२ बर्षकाे उमेरमा निधन भएको छ । ३० बर्षदेखी दुर्गम गाउँ हिमालीमा कार्यरत नर्सिङ अधिकृत मल्लको हृदयघातका कारण मृत्यू भएको हो ।

      बाजुरा नजिकै हुम्लामा दिदीको घरमा गएको बेला एकाएक बिरामी भएकी र हिमाली गाउँपालिकाकाे समन्वयमा कोल्टी आधारभुत अस्पतालमा पुर्याउनै लाग्दा मृत्यु भएको हिमाली गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत राज बहादुर भण्डारीले बताएका छन ।

      नर्सिङ अधिकृत मल्लले हाल केही समय देखी हिमाली गाउँपालिका स्वास्थ्य शाखा प्रमुखकाे जिम्मेवारी समाल्दै आएकी थिइन् ।  बाजुराको अति विकट बिच्छ्या घरघरमा पुगेर सेवा गरिरहेकी अनमी मल्लको निधनले हिमाली गाउँपालिका शोकमग्न बनेको छ ।

        कमेन्टहरु