अपराध

    दसैंमा पूर्वी नवलपरासीका ६० स्थानबाट लङ्‌गुरबुर्जाका सामान प्रहरीले नियन्त्रण

    नवलपुर टुडे
    २०८१ अशोज २८ | बिहान ०७:०६ बजे

      नारायण शर्मा

      कावासोती । दसैंमा पूर्वी नवलपरासीका विभिन्न ६० स्थानमा स्थानीय युवाहरुले खेलाएका लङ्‌गुरबुर्जाका सामान प्रहरीले नियन्त्रणमा लिएको छ ।

      जिल्ला प्रहरी कार्यालयका अनुसार स्थानीय युवाहरुले दसैंमा चोकचोकमा बसेर खेलाएको अवस्थामा सामाग्री नियन्त्रणमा लिएको हो । ६० स्थानमा सामान बरामद गर्दा कति पैसा बरामद भयो भन्ने प्रहरीले खुलाएको छैन ।

      दसैं तिहारमा स्थानीय युवाहरुले मनोरन्जनका नाममा टोलटोलमा लङ्‌गुरबुर्जा खेलाएर रकम असुल्ने चलन छ । सामान बरामद भएपनि खेलाउनेहरु कोहि पनि समातिएका छैनन्  ।

        कमेन्टहरु