समाचार

    तनहुँ कारागारका कैदीबन्दीलाई दसैँको टिका

    नवलपुर टुडे
    २०८१ अशोज २६ | मध्यान्ह ०६:०६ बजे

      तनहुँ, असोज २६ । तनहुँ कारागारका कैदीबन्दीलाई नेपालीहरुको महानपर्व विजया दशमीको अवसरमा आज टिका तथा जमरा लगाउने अवसर पाएका छन् ।

      कैदीबन्दीका परिवारजन तथा आफन्त आएर कारागारमै आज विहान सात बजेदेखि नै टिका लगाउन सुरु गरिएको हो । कारागारका महिला र पुरुष दुबैलाई विजया दशमीको टिका तथा जमरा लगाउने अवसर प्रदान गरिएको तनहुँ कारागारका निमित्त प्रमुख नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो ।

      अधिकारीले भन्नुभयो, “दसैँ मनाउन नपाएर खल्लो नहोस् भन्नको लागि इच्छुक सबैको लागि दसैँको टिका लागउने अवसर प्रदान गरेका छौं ।” अधिकारीका अनुसार तनहुँ कारागारमा २६ महिला र दुई सय ९९  पुरुष गरी तीन सय २५ जना कैदीबन्दी रहेका छन् । यसगरी महिला बन्दीगृहमा दुई जना आश्रित बालबालिका आमासँग रहेका छन्।

      आज साँझ ५ बजे सम्म टिका लगाउने समय प्रदान गरिएको कारागार प्रशासनले जनाएको छ ।

        कमेन्टहरु